दाङमा अटो रिक्सा बगाउँदा बेपत्ता भएका दुई जनामध्ये एक जनाको शव फेला

 साउन १९, २०८१ शनिबार १०:५७:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

दाङ  –  दाङको तुलसीपुरमा खोलाले  अटो रिक्सा बगाउँदा बेपत्ता भएका दुई जनामध्ये एक महिलाको शव फेला परेको छ । तुलसीपुर–४ खाद्रे निवासी ५५ वर्षीया सीता आले तुलसीपुर–१५ ग्वारखोलामा मृत भेटिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।

उहाँकाअनुसार तुलसीपुर बजारबाट खाद्रेतर्फ जाँदै गरेको रा १ ह ४०५५ नम्बरको अटो रिक्सालाई तुलसीपुर–४ मा रहेको बेचनी खोलाले हिजो साँझ सवा ८ बजेको समयमा बगाएको थियो ।

सोही अटोमा रहेका ५ जना मध्ये अन्य ३ जना खोलाबाट बाहिर निस्कन सफल भए पनि सीतासहित दुई जनालाई खोलाले बगाएको थियो । उहाँको शव आज बिहान ७ बजेको समयमा फेला परेको र मृतकका आफन्तले सनाखत गरेको प्रहरीले जनाएको छ ।

घटनामा बेपत्ता रहेकी सुर्खेत घर भई अहिले  खाद्रे  बस्दे आएकी १६ वर्षीया मन्जु खड्काको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया