नेपाल बैंकका कर्मचारी र ग्राहकलाई नेपाल इन्टरनेशनल हेल्थ सर्भि...
मंसिर १३, २०८१ बिहिबार
दाङ – दाङ तुलसीपुरको खाद्रेमा खहरे खोलाले अटो रिक्सा बगाउँदा दुई जना बेपत्ता भएका छन् ।
तुलसीपुर उपमहानगरपालिका–४ बेतनी खोलामा हिजो बेलुका आएको बाढीले अटो रिक्सा बगाउँदा खाद्रेकी ५६ वर्षीया सीता आले र सुर्खेत घर भई खाद्रे बस्दै आएकी १७ वर्षीया मञ्जु खड्का बेपत्ता भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।
तुलसीपुर बजारबाट खाद्रे गाउँका लागि छुटेको रा १ ह ४०५५ नम्बरको अटो तुलसीपुर–४ बेतनी खोलामा आएको बाढीले बगाएको थियो । अटो रिक्सामा आले र खड्कासहित चालक खाद्रे गाउँका हरिकिसन बिक, सुनिता थापा र उहाँका ७ वर्षीय छोरा सुशान्त आले रहेका थिए ।
चालक बिक, थापा र उहाँका छोरा बग्दै गर्दा उत्रन सफल भएका थिए । अटो रिक्सा चालकले बाढीको अवस्था अन्दाज गर्न नसक्दा अटो रिक्सा बगाएको प्रहरीको भनाइ छ । बेपत्ता सीता आले र मञ्जु खड्काको खोजी भइरहेको छ ।
त्यस्तै गएराति अर्को एउटा अटो रिक्सालाई पनि काला खोलामा आएको बाढीले बगाएको छ । तुलसीपुर बजारबाट बिजौरीका लागि छुटेको रा १ ह २३५७ नम्बरको अटो रिक्सासहित चालकलाई बाढीले बगाएको थियो । अटो रिक्सा चालक तुलसीपुर–७ पर्सेनीका २२ वर्षीय दुर्गाबहादुर पुनको तत्कालै उद्धार गरिएको प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।