उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
हमासका सैन्य प्रमुख मोहम्मद जेइफको गएको जुलाई १३ तारिखमा इजरायली आक्रमणमा ज्यान गएको पुष्टि भएको छ । १३ जुलाईमा गाजामा इजरायलले गरेको आक्रमणमा उनको ज्यान गएको पुष्टि भएको हो ।
इजरायलले यसअघि नै जेइफको ज्यान गएको बताए पनि हमासले अस्वीकार गर्दै आएको थियो । इजरायली सेनाले त्यो आक्रमणमा हमासका अर्का कमान्डर राफा सालेमेह पनि मारिएको जनाएको थियो ।
यसअघि अस्ति राति हमासका शीर्ष नेता इस्माइल हानियाको इरानमा हत्या भएको थियाे । इजरायलले नै हानियाको हत्या गरेको भन्दै बदला लिने इरानले चेतावनी दिएको छ ।
पछिल्लो समय इजरायलले लेबनानमा हिजबुल्लाहका नेता र विभिन्न ठाउँमा हमासका नेताहरूको हत्या गरिरहेको छ । इजरायलको कदमका कारण मध्यपूर्वमा ठूलो तनाव हुन सक्ने डर बढेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।