उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डौ – नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि आज मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ । मौद्रिक नीतिको मस्यौदा राष्ट्र बैंकको व्यवस्थापन समूहले टुङ्ग्याइसकेको छ र सञ्चालक समितिबाट पास हुन बाँकी छ । अहिले बस्ने सञ्चालक समितिले मौद्रिक नीतिको निर्णय गर्नेछ । राष्ट्र बैंकले चालु आर्थिक वर्षमा कर्जा विस्तार गर्ने गरी मौद्रिक नीतिको मस्यौदा तयार गरेको छ ।
बैंकमा लगानी योग्य रकम थुप्रने क्रम बढ्दै गएकाले कर्जा बढाउने नीतिका साथ मौद्रिक नीति ल्याउन लागिएको हो । अर्थतन्त्र शिथिल बनिरहेको र बैंक तथा वित्तीय संस्थाबाट पुँजी प्रवाह नभइरहेको अवस्थामा मौद्रिक नीतिले कस्तो कार्यदिशा लिन्छ भन्ने आमचासो बनेको छ ।
अर्थमन्त्रीको चाहनाअनुसार राष्ट्र बैंकले यस पटक लचिलो मौद्रिक ल्याउने तयारी गरेको राष्ट्र बैंक स्रोतले जनाएको छ । विशेष गरेर घरजग्गा कारोबार, शेयर कारोबार र बैंकको कर्जा तिर्नको लागि लचिलो मौद्रिक नीति आउनेगरी मस्यौदा तयार भएको छ ।
यस्तै, निर्माण क्षेत्र र खुद्रा क्षेत्रमा कर्जा बढाउनेगरी राष्ट्र बैंकले योजना बनाइरहेको छ । अहिले ब्याजदर धेरै नै घटिसकेकाले कर्जा विस्तारमा जोड दिने तयारी छ । बजारमा भइरहेको माग र अपेक्षालाई बेवास्ता गर्दा अर्थतन्त्रमा समस्या देखिएको विषयलाई स्वीकार गरेर बजारको केही माग पूरा गर्नेगरी मौद्रिक नीतिको मस्यौदा बनेको राष्ट्र बैंक स्रोतले उज्यालोलाई जानकारी दिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।