आरक्षण विरोधी आन्दोलन चर्किएपछि बङ्गलादेशमा मोबाइल इन्टरनेट नेटवर्क बन्द

 साउन ३, २०८१ बिहीबार १८:२९:१२ | एजेन्सी
unn.prixa.net

तस्बिर : एएफपी

बङ्गलादेश सरकारले मोबाइल इन्टरनेट नेटवर्क बन्द गर्न आदेश दिएको छ । आरक्षणको विरोधमा देशभर भइरहेको प्रदर्शन उग्र बन्दै गएपछि सरकारले मोबाइल इन्टरनेट बन्द गराएको हो ।

दूरसञ्चारमन्त्री जुनाइड अहमद पलकेले आन्दोलनका क्रममा अहिलेसम्म नौ जनाको ज्यान गएको र नागरिकको सुरक्षा सुनिश्चित गर्न मोबाइल इन्टरनेट बन्द गरिएको जानकारी दिनुभएको छ ।

सरकारी जागिरमा कोटा प्रणालीको विरोधमा विद्यार्थीहरूले हप्तौँदेखि विरोध गर्दै आएका छन् । सन् १९७१ मा बङ्गलादेशको स्वतन्त्रता युद्धमा लडेका सेना र कर्मचारीको परिवारका सदस्यहरूका लागि सरकारी रोजगारीमा आरक्षण छ । ३० प्रतिशत सरकारी रोजगारी आरक्षणमै जाने गरेको छ । तर यो प्रणालीले  प्रधानमन्त्री शेख हसिनाका समर्थक र उनको दल अवामी लिगका कार्यकर्तालाई मात्रै फाइदा पुगेको भन्दै आन्दोलन शुरु भएको हो ।

विरोध बढ्दै गएपछि सरकारले बङ्गलादेशका सबै विश्वविद्यालय, क्याम्पस र विद्यालयहरू अर्को सूचना नभएसम्मका लागि बन्द गरेको छ ।

सरकारले मुख्य विपक्षी दलको मुख्यालयमा छापा मार्न प्रहरीलाई आग्रह गरेको छ । प्रधानमन्त्री हसिना निरङ्कुश बनेर आन्दोलनलाई दमन गरेको भन्दै विपक्षी बङ्गलादेश नेशनलिस्ट पार्टीले बङ्गलादेश बन्दको आह्वान गरेको छ । बन्द सफल बनाउन जेसुकै कदम चाल्ने उसको चेतावनी छ ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया