फ्रान्सको संसदीय चुनावमा वामपन्थी गठबन्धनलाई अग्रता

 असार २४, २०८१ सोमबार १२:२४:२६ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

फ्रान्सको संसदीय चुनावमा वामपन्थीहरूको न्यु पपुलर फ्रन्ट (एनएफपी) गठबन्धनले अग्रता लिएको छ ।

आधिकारिक मत परिणाममा एनएफपी गठबन्धनले अग्रता लिएको र यो गठबन्धन संसद्‍मा सबैभन्दा ठूलो शक्ति बन्ने देखिएको बीबीसीले जनाएको छ । यो गठबन्धन १ सय ८२ सिटसहित शीर्ष स्थानमा छ ।

यस्तै दोस्रो स्थानमा राष्ट्रपति इमयानुएल म्याक्रोँको मध्यमार्गी गठबन्धनले १ सय ६८ सिट जितेको छ । यसअघि पहिलो चरणको चुनावमा अग्रता लिएको अतिदक्षिणपन्थी न्याशनल र्‍याली (आरएन) भने १ सय ४३ सिटसहित तेस्रो स्थानमा छ ।

पहिलो चरणको चुनावमा आरएनको पक्षमा नतिजा आउने देखिएपछि धेरै ठाउँमा वामपन्थी र मध्यमार्गीहरूले अप्रत्यक्ष तालमेल गरेका खबरमा उल्लेख छ । यस्तै वामपन्थी उम्मेदवारहरूले कैयौँ ठाउँमा र मध्यमार्गी उम्मेदवारहरूले केही ठाउँमा मनोनयन फिर्ता लिएका थिए ।

यो चुनावमा कुनै पनि दलले बहुमत नपाउने अवस्था देखिएकाले मिलीजुली सरकार बन्ने निश्चित भएको छ । यसले राजनीतिक अनिश्चितता निम्तिने देखिएको बीबीसीले जनाएको छ ।

यसैबीच नतिजा आउन थालेसँगै युरोको मूल्यमा गिरावट आएको छ । युरोका मूल्य शून्य दशमलव दुई प्रतिशतले घटेको र बजारमा उतारचढाव देखिएको छ । अब फ्रान्समा को प्रधानमन्त्री बन्छ भन्ने निश्चित भइसकेको छैन ।

फ्रान्समा अहिले चुनाव गर्ने बेला भएको थिएन र राष्ट्रपति माक्रोँले त्यसको घोषणा गर्नुपर्ने अवस्था पनि थिएन । तर युरोपेली चुनावमा आरएनले जितेपछि राष्ट्रपति माक्रोँले सबैभन्दा उत्तरदायी समाधान भन्दै समयअघि नै यो चुनावको घोषणा गर्नुभएको हो ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया