उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
इजरायलसँगको युद्ध अन्त्य गर्न असफल भएको भन्दै गाजाबासीले विद्रोही समूह हमासको आलोचना गरेका छन् । घेराबन्दी र संघर्षरत प्यालेस्टिनी क्षेत्रमा शासन गर्ने हमासले आफूहरूको जीवन बर्बाद गरेको उनीहरूको आरोप छ । गएको नोभेम्बरमा एक हप्ताको युद्धविरामबाहेक नयाँँ युद्धविराम बनाउने धेरै प्रयास असफल भएका अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।
नोभेम्बरको युद्धविराममा एक सयभन्दा बढी बन्धक र इजरायली कारागारबाट दुई सय ४० प्यालेस्टिनी कैदीलाई रिहा गरिएको थियो । मध्यस्थकर्ताहरू अमेरिका, इजिप्ट र कतार पुनः एकपटक युद्ध अन्त्य गर्नका लागि सम्झौतालाई अन्तिम रूप दिने प्रयासमा इजरायल र हमाससँग निरन्तर छलफल गरिरहेका छन् ।
सन् २००७ मा हमासले यस क्षेत्रमा कब्जा गरेपछि त्रासको वातावरणमा बसेका केही गाजावासीले युद्धका कारण भएको भारी विनाशका लागि उनीहरूलाई दोषी मानेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।