उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
कैलाली – विजय थापाको हत्यारा सार्वजनिकको माग गर्दै स्थानीयले मंगलबार कैलाली बन्द गरेका छन् । हत्या प्रकरणमा दोषीलाई कारवाही र पीडितलाई न्यायको माग गर्दै मंगलबार बिहान ७ बजेदेखि कैलाली बन्द गरिएको हो । बन्दकर्ताहरुले बिहानैदेखि बन्द गराउँदै हिँडेका छन् ।
उनीहरुले विद्यालयका बस, एम्बुलेन्सबाहेक यातायातका सबै साधनहरु ठप्प पारेका छन् । प्रहरीले अनुसन्धानमा लापर्वाही गरिरहेको र अपराधिलाई उम्काउने प्रयत्न गरिरहेकोले आफूहरु आन्दोलन गर्न बाध्य भएको बताएका छन् । सामान्य आन्दोलनबाट दोषीलाई सार्वजनिक नगरिए आफूहरुको आन्दोलनले उग्र रुप लिने र त्यसको जिम्मेवार सरकार हुने न्यायिक संघर्ष समितिका सदस्य जनकराज अवस्थीले बताउनुभयो ।
प्रदेशको अस्थायी राजधानी धनगढीमा प्रदेश प्रमुखको कार्यालय नजिकै धनगढी उप–महानगरपालिका वडा नम्वर ४ नाष्ट कलेज अगाडि स्थानीय विजय थापाको हत्यामा संलग्नलाई उम्काउन खोजिएको उनीहरुको आरोप छ । दोषीलाई सार्वजनिक गर्न माग गर्दै न्यायिक संघर्ष समितिले सोमबार पनि ट्राफिक चौराहदेखि जिल्ला प्रशासन कार्यालय सम्म प्रदर्शन गरेका थिए ।
शुक्रबार राति ९ बजे धनगढी उपमहानगरपालिका–४ प्रदेश प्रमुखको कार्यालय नजिकै स्थानीय विजय थापाको हत्या भएको थियो । हत्या गरेर घिसार्दै लगिरहेको अवस्थामा यही ठाउँका आशिष सेट्टीलाई प्रहरीले पक्राउ गरेको थियो । घटनास्थलबाटै पक्राउ परेका सेट्टीलाई दोषीकारुपमा सार्वजनिक नगरिएको र घटनालाई प्रहरीले बङ्ग्याउने कोसिस गरिरहेको भन्दै न्यायिक संमितिले दवाब दिँदै आइरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।