उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
अमेरिकी राष्ट्रपति जो बाइडेनले पछिल्लो समय विश्वभर नै लोकतन्त्र जोखिममा रहेको बताउनुभएको छ । राष्ट्रपति बाइडेनले दोस्रो विश्वयुद्धको समाप्तिपछि पछिल्लो आठ दशकमा कुनै पनि समयको तुलनामा अहिले लोकतन्त्र धेरै जोखिममा रहेको बताउनुभएको अन्तर्राष्ट्रिय समाचार संस्था सीएनएनले जनाएको छ ।
सन् १९४४ जुनमा नर्मन्डी समुद्री तटहरूमा लड्ने अमेरिका र अन्य मित्र देशहरूका सैनिकलाई फ्रान्समा पुगेर हिजो श्रद्धाञ्जली दिँदै बाइडेनले ‘बलियो गठबन्धन’ महत्त्वपूर्ण रहेको बताउनुभयो ।
राष्ट्रपति बाइडेनले दुई वर्षभन्दा धेरै समयदेखि रुसी सेनासँग लडिरहेको युक्रेनलाई अमेरिकाले एक्लै नछाड्ने पनि बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।