भारतको राजगढमा ट्र्याक्टर दुर्घटना हुँदा १३ जनाको ज्यान गयो

 जेठ २१, २०८१ सोमबार १२:३८:५० | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

भारतको मध्य प्रदेश राज्यको राजगढमा गए राति भएको ट्र्याक्टर दुर्घटनामा १३ जनाको ज्यान गएको छ । मृतक १३ जना सबै राजस्थानको झालवार जिल्लाका बासिन्दा भएका बीबीसी हिन्दीले जनाएको छ ।

तीव्र गतिमा गुडिरहेको ट्र्याक्टर अनियन्त्रित हुँदा दुर्घटना भएको बताइएको छ । ट्र्याक्टरमा जन्ती गइरहेका खबरमा उल्लेख छ । दुर्घटनामा ट्र्याक्टरको ट्रलीमा सवार १३ जनाको ज्यान गएको हो ।

दुर्घटनामा घाइते ४० जनाको अस्पतालमा उपचार भइरहेको छ । केही घाइतेकाे जिल्ला अस्पताल राजगढ र केहीकाे भोपालमा उपचार भइरहेकाे छ ।

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया