उपचुनाव : मौन अवधि शुरू, उल्लङ्घन गरेमा तत्काल कारबाही हुने
मंसिर १४, २०८१ शुक्रबार
विद्युतीय गाडी निर्माता कम्पनी टेस्लाले अर्काे वर्ष २०२५ को अन्त्यसम्ममा मानिसले जसरी काम गर्नसक्ने ‘ह्युमोनोइड रोबोट अप्टिमस’ बेच्नका लागि तयार हुनसक्ने जनाएको छ ।
एक सम्मेलनका क्रममा टेस्लाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कले ह्युमोनोइड रोबोटले मानिसले जस्तै गरी काम गर्नसक्ने दाबी गर्नुभयो । रोबोटको प्रयोग वेयरहाउजिङ, लजिस्टिक, रिटेल र निर्माणको क्षेत्रमा प्रयोग गरिने मस्कलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।
जापानको होन्डा र हुन्डाई मोटर्सको बोस्टोन डायनामिक्सले पनि लामो समयदेखि यस्तो रोबोट विकास गरिरहेका छन् । यसै वर्ष माइक्रोसफ्ट र एनभिडियाको समर्थित स्टार्टअप फिगरले जर्मन अटो निर्माता कम्पनी बीएमडब्ल्यूसँग ह्युमोनोइड रोबोट निर्माण गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका खबरमा उल्लेख छ ।
टेस्लाको रोबोटको मूल्य र विशेषताबारे अहिले जानकारी उपलब्ध भइसकेको छैन । अर्बपति एलन मस्कले रोबोट बिक्री टेस्लाको अन्य क्षेत्रभन्दा ठूलो हिस्सा बन्नसक्ने यसअघि नै बताइसक्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।