उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
खाडीका कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका देश नै किन नहुन्, अब धरतीका सातै महादेशमा नेपाली नपुगेका देश छैनन् । विदेशमा नेपालीले नगरेका काम पनि अब थोरै मात्र छन् । वैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, ब्यवसाय र जागीरका सिलसिलामा विदेशमा रहेका नेपालीको संख्या झण्डै ५० लाख पुगेको छ । त्यसमध्ये आधाभन्दा बढी जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेको छ । देश परदेश वैदेशिक रोजगारीमा जाने र गएका नेपालीलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने मल्टिमिडिया प्लेटफर्म हो । यो प्लेटफर्ममा रेडियो र अनलाईन एकअर्कासित अन्तरंग जोडिएका छन् । विदेश जान चाहने नेपाली र विदेशमा रहेका नेपालीका भावना, भोगाई, चासो र सरोकारका बिषय र घटनाहरु यो प्लेटफर्मका मुख्य बिषयबस्तु हुन् । यिनै बिषयमा हरेक मंगलवार बिहान ८ः०० देखि ९ः०० बजेसम्म देशभरिका सयभन्दा धेरै स्टेशनबाट रेडियो कार्यक्रम देश परदेश प्रसारण हुन्छ । विदेशमा काम गर्न जाने र विदेशमा काम गरिरहेका नेपालीका काम, सीप र कमाईसँग सम्बन्धित अनुभव, कथाव्यथा, जानकारी, प्रश्न उत्तर र समाचार तथा टिप्पणीहरु सँगै रेडियो कार्यक्रम समेत अनलाईन पोर्टलमा समेटिन्छन् । उज्यालोको देश परदेश मल्टिमिडिया प्लेटफर्म तपाईंको साथ र सहयोगमा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने अभियान हो । हामी तपाईंलाई आफ्ना अनुभव, सीप, कमाई, सफलता र विफलताका कथा, समाचार, टिप्पणी तथा तपाईंका भोगाई लेखेर, बोलेर र भिडियोमा पठाएर यो अभियानमा साथ दिन र सहयोग गर्न अनुरोध गर्छौ । देश परदेश मल्टिमिडिया प्लेटफर्ममा तपाईंलाई हार्दिक स्वागत छ !
कार्यक्रम देश परदेशको अङ्क ५०२ खेतीपाती, बस्तुभाउ र व्यवसाय गर्दै घर चलाउन परदेशी श्रीमानलाई सघाइरहेका पौरखी परदेशीका परिवारका कुरा समेटिएको छ । साउदी गएका श्रीमान् ऋणमा डुबेपछि घरमै तरकारी खेतीदेखि कुखुरा, हाँस र भैँसी पालन गरेर घर चलाउँदै, साहुको ऋण पनि तिरिरहनुभएकी रौतहटकी रुकु चौधरीको अनुभव कार्यक्रममा सुन्न सकिन्छ । श्रीमान् कतार गएपछि घरमा ब्युटीपार्लर खोलेर आम्दानी गर्दै घर खर्च पुर्याइरहनुभएकी धनुषाकी आरती साहले विदेशको कमाइमा भरपर्दा झेलको अप्ठेरो र आफैँले काम गर्दा मिलेको खुसी कार्यक्रममा समेटिएको छ । तनहुँकी अनिता श्रेष्ठले महामारीकै समयमा थालेको व्यवसाय र त्यसबाट मिलेको सफलताको कुरा पनि कार्यक्रममा समावेश छ । साथमा छ, ललितपुरकी अमिसा लोप्चनले सीप नसिकी विदेश जाँदा भोगेका सङ्घर्ष र अहिले त्यही सीप वैदेशिक रोजगारीमा जाने महिलाहरूलाई सिकाउन पाउँदाको खुसी र हप्ताभरिका रोजगार गतिविधि पनि ।