काठमाण्डाै उपत्यकाबाट हराएका २७ वटा मोटरसाइकल तथा स्कुटर फेल...
मंसिर १३, २०८१ बिहिबार
खाडीका कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका देश नै किन नहुन्, अब धरतीका सातै महादेशमा नेपाली नपुगेका देश छैनन् । विदेशमा नेपालीले नगरेका काम पनि अब थोरै मात्र छन् । वैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, ब्यवसाय र जागीरका सिलसिलामा विदेशमा रहेका नेपालीको संख्या झण्डै ५० लाख पुगेको छ । त्यसमध्ये आधाभन्दा बढी जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेको छ । देश परदेश वैदेशिक रोजगारीमा जाने र गएका नेपालीलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने मल्टिमिडिया प्लेटफर्म हो । यो प्लेटफर्ममा रेडियो र अनलाईन एकअर्कासित अन्तरंग जोडिएका छन् । विदेश जान चाहने नेपाली र विदेशमा रहेका नेपालीका भावना, भोगाई, चासो र सरोकारका बिषय र घटनाहरु यो प्लेटफर्मका मुख्य बिषयबस्तु हुन् । यिनै बिषयमा हरेक मंगलवार बिहान ८ः०० देखि ९ः०० बजेसम्म देशभरिका सयभन्दा धेरै स्टेशनबाट रेडियो कार्यक्रम देश परदेश प्रसारण हुन्छ । विदेशमा काम गर्न जाने र विदेशमा काम गरिरहेका नेपालीका काम, सीप र कमाईसँग सम्बन्धित अनुभव, कथाव्यथा, जानकारी, प्रश्न उत्तर र समाचार तथा टिप्पणीहरु सँगै रेडियो कार्यक्रम समेत अनलाईन पोर्टलमा समेटिन्छन् । उज्यालोको देश परदेश मल्टिमिडिया प्लेटफर्म तपाईंको साथ र सहयोगमा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने अभियान हो । हामी तपाईंलाई आफ्ना अनुभव, सीप, कमाई, सफलता र विफलताका कथा, समाचार, टिप्पणी तथा तपाईंका भोगाई लेखेर, बोलेर र भिडियोमा पठाएर यो अभियानमा साथ दिन र सहयोग गर्न अनुरोध गर्छौ । देश परदेश मल्टिमिडिया प्लेटफर्ममा तपाईंलाई हार्दिक स्वागत छ !
हालसालै मात्र, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमिकको भर्ना प्रक्रियालाई पारदर्शी र न्यायोचित बनाउन श्रोत देश र गन्तव्य देशको जिम्मेवारी तोक्दै श्रम सम्झौताको विषयलाई प्राथमिकतामा ल्याएको छ । अहिले नेपाली श्रमिकका लागि १ सय ४९ वटा देश खुला छन् । तर, युएइ, दक्षिण कोरिया, बहराइन, जापान, इजरायल, जोर्डन, मोरेसिस, बेलायत, जर्मनी र रोमानिया गरी १० देशसँग मात्र श्रम सम्झौता भएको छ । ९ देशसँग सम्झौताको प्रकृया बाँकी छ । मलेसिया, कतार र ओमानमा भने श्रमका मस्यौदाहरु टुंगो लाग्न बाँकी छ । बैदेशिक रोजगारीलाई निश्पक्ष र नैतिक बनाउनका लागि श्रम मन्त्रालयले टर्की, लेबनान, कुवेत, स्पेन र ब्रुनाईबीचको प्रस्तावित श्रम मस्यौदा टुंगोमा पुर्याउन पटक–पटक प्रयास गरिरहेको छ । कार्यक्रम देश परदेशको अंक ६४४ यसैसँग सम्बन्धीत छ । यो अंकमा मलेसियामा न्यूनतम तलब बढेपछि नेपाली श्रमिकलाई हुने फाइदा र बन्द रहेको मलेसिया रोजगारी कहिले खुल्छ साथै खाडीका देशमा भइरहेका सम्झौताका प्रकृयाबारे हामीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव एवं सहायक प्रवक्ता कविराज उप्रेतीसँग कुराकानी गरेका छौं । साथै कार्यक्रममा मलेसियामा रहेर काम गरिरहनुभएका सुरेन्द्र महतोले मलेसिया सरकारले श्रमिकको तलब बढाउँदाको अनुभव पनि कार्यक्रममा समावेश छ ।