पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताक...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डौ – भारतीय सरकारले किसान आन्दोलनका बारेमा लेख्ने खाता बन्द गरिदिन सामाजिक सञ्जाल एक्सलाई आग्रह गरेको खुलेको छ । एक्सको विश्वव्यापी मामिलाहरू हेर्ने अकाउन्टले भारत सरकारले खाता बन्द गर्न आग्रह गरेको उल्लेख गरेपछि यो कुरा बाहिरिएको हो ।
भारतले किसान आन्दोलनका बारेमा कुनै पनि कुरा पोष्ट नहुने र पोष्ट भएमा डिलिट गरिदिन तथा त्यस्ता अकाउन्ट बन्द गरिदिन आग्रह गरेको एक्सले जनाएको छ । भारतको कानुन अनुसार दण्डनीय हुने भएकाले ती अकाउन्ट र पोस्ट ब्लक गर्नुपर्ने भनिएको छ । तर एक्सले भने आफूहरुले त्यस्ता पोष्टहरु भारतमा मात्रै ब्लक गर्न सकिने जनाएको छ ।
एक्सले भारत सरकारको आग्रहमा असहमति जनाउँदै अभिव्यक्तिको स्वतन्त्रतालाई सम्मान गर्न पनि आग्रह गरेको छ । एक्सले भारतले बन्द गर्नको लागि सिफारिस गरेका केही अकाउन्टका प्रयोगकर्तालाई आफूहरुले जानकारी गराइसकेको र ती खातावालाले भारतीय सरकारको आग्रहप्रति आपत्ति जनाएका पनि उल्लेख गरेको छ ।
भारतमा विभिन्न माग गर्दै किसान आन्दोलन चर्किएको छ । चुनावको मुखैमा भइरहेको किसान आन्दोलन दबाउन सरकारले सामाजिक सञ्जालमा समेत नियन्त्रण गर्न थालेको भन्दै चर्को आलोचना भइरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।