फाँसीको प्रावधान हटाउन संयुक्त राष्ट्रसङ्घको आग्रह

 साउन १३, २०८० शनिबार ७:३२:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – संयुक्त राष्ट्रसंघले फाँसीको सजाय दिने प्रावधान हटाउन आग्रह गरेको छ । सिङ्गापुर र कुवेतमा हालै भएको मृत्युदण्डको घटनालाई निन्दा गर्दै राष्ट्रसङ्घले ती देशलाई फाँसीको सजायमा रोक लगाउन आह्वान गरेको हो ।

सिङ्गापुरमा लागूऔषध ओसारपसारको आरोपमा ४५ वर्षीय एक महिलालाई हिजो फाँसी दिइएको थियो । कुवेतमा सन् २०१५ मा इस्लामिक स्टेट जिहादी समूहले गरेको आत्मघाती आक्रमणमा संलग्न रहेको अभियोगमा दोषी ठहर भएका पाँच जनालाई बिहीबार मृत्युदण्ड दिइएको थियो । गएको वर्ष नोभेम्बरमा सात जनालाई मृत्युदण्ड दिइएयता साउदी अरबको छिमेकी खाडी देश कुवेतमा बिहीबार दिइएको मृत्युदण्ड पहिलो हो ।

साउदी अरबको तुलनामा कवेतमा मृत्युदण्डको सजाय दुर्लभ मानिन्छ । संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार कार्यालयका प्रवक्ता सेइफ मगान्गोले कुवेत र सिङ्गापुरमा यो हप्ता दिइएका मृत्युदण्डको निन्दा गरी कुनै पनि अवस्थामा हुने मृत्युदण्ड मान्य नहुने बताउनुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

कुवेत र सिङ्गापुरलाई तत्काल मृत्युदण्डमा रोक लगाउन र मृत्युदण्डमा रोक लगाउने १ सय ७० भन्दा धेरै देशको पक्षमा सामेल हुन उहाँको आग्रह छ ।

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया