ट्विटरकाे लाेगाे परिवर्तन, निलाे चराकाे ठाउँमा अब 'एक्स'

 साउन ८, २०८० सोमबार १६:३६:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – एलन मस्कले ट्विटरकाे लाेगाे फेरेका छन् । यसअघिसम्म ट्विटरमा निलाे रङकाे चरा रहेकाेमा मस्कले यसको साटो अंग्रेजी अक्षर 'एक्स' राखेका हुन् ।

ट्विटरकाे नयाँ डिजाइनमा कालाे पृष्ठभूमिमा सेताे रङकाे 'एक्स' देख्न सकिन्छ ।

मस्कले आफ्नाे प्राेफाइल फाेटाे पनि फेरेर 'एक्स' राखेका छन् । मस्कले यसअघि पनि ट्विटरको लोगो निलाे रङकाे चराकाे सट्टा कुकुर भएकाे लाेगाे सार्वजनिक गरेका थिए । तर पछि उनले फेरि निलाे चरालाई नै ट्विटरकाे लाेगाे बनाएका थिए । 

एलन मस्कले गएकाे वर्षकाे अक्टाेबर २७ मा ट्विटर किनेका थिए । त्यसयता मस्कले आधाभन्दा कर्मचारी कटाैतीदेखि पैसा तिरेर 'ब्लु–टिक' दिनेसम्मका व्यवस्था गरेका छन् ।

अन्तिम अपडेट: मंसिर २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया