बीबीसी सय प्रभावशाली महिलाको सूचीमा परेकी पर्यावरण अभियन्ता ...
मंसिर २०, २०८१ बिहिबार
दाङ - राप्ती नदीमा नुहाउने क्रममा बेपत्ता भएका लमही नगरपालिका वडा नम्बर- ३ बनगाउँका २२ वर्षीय बामदेव घिमिरेको तीन दिनपछि सोमबार शव फेला परेको छ ।
गढवा गाउँपालिका वडा नम्बर-७, भोजपुर गाउँदेखि उत्तर राप्ती नदीमा डुबिरहेको अवस्थामा घिमिरेको शव फेला परेको प्रहरीले जनाएको छ ।
वडा प्रहरी कार्यालयको १० सदस्यीय टोली र सशष्त्र सीमा सुरक्षाबल, अर्जुनको ७ सदस्यीय टाेलीले शव फेला पारेको हो ।लमही नगरपालिका वडा नम्बर-६ मध्यविन्दु मा रहेकाे राप्तीनदीमा शनिबार नुहाउन गएका चार जनामध्ये घिमिरे बेपत्ता भएका थिए ।
उनको खोजीकार्य तीव्र पारिएकोे भए पनि ३ दिनका दिन फेला परेको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।