एक वर्षमा मानव अधिकार उल्लङ्घनसम्बन्धी एक सय २० वटा उजुरी दर्ता
मंसिर १९, २०८१ बुधबार
दाङ - दाङको तुल्सीपुरबाट जुवा खेलिरहेको अवस्थामा करिब एक लाख रुपैयाँ नगदसहित १३ जना जुवाडेलाई पक्राउ गरेको छ ।
जुवा खेलिरहेको भन्ने गोप्य सूचना पाएपछि गएको प्रहरी टोलीले तुल्सीपुर उप-महानगरपालिका वडा नं.६ मा रहेकाे भ्यार थान बस्ने कुमार सुनारको घरबाट ९८ हजार ९ सय ५० रुपैयाँसहित १३ जुवाडेलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय तुल्सीपुर दाङले जनाएको छ ।
सुनारको घरको कोठामा अवैध रुपमा पैसाको हारजित हुने गरी जुवातास खेली राखेका छन् भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय घोराही दाङ तथा इलाका कार्यालयबाट गएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेकाे हाे । प्रहरीले जुवाको खालबाट ९८ हजार ९ सय ५० रुपैयाँसहित नखोलेको रातो तथा कालो रङ्गको तास ५ गड्डी र खोलेको रातो तथा कालो रङ्गको तास ३ गड्डी बरामद गरेको छ।
पक्राउ पर्नेमा दाङको तुल्सीपुर उप-महानगरपालिका वडा नं.६ का रोशन बुढाथोकी, भरत वि.क, हेमन्त शाही, सुशिल वली, कुमार सुनार, ओमबहादुर बुढामगर, प्रेमबहादुर सुनार र टंकबहादुर सुनार, घोराही उ.म.न.पा.१३ का मालबहादुर वली, केशव डाँगी र अर्जुन पुन र बाँके कोहलपुर नगरपालिकाका धर्मराज बुढाथोकी र दीपक वली रहेको प्रहरीले जनाएको छ
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।