पाेखराले काठमाण्डाैलाई दियाे १ सय ३९ रनकाे लक्ष्य
मंसिर २९, २०८१ शनिबार
काठमाण्डौ – तपाईँ कतारमा हुनुहुन्छ र घर फर्कने टिकट काट्नु भएको छ ? यदि छ भने घर फर्कनलेलाई कोभिड १९ पीसीआर परीक्षण कतार सरकारबाट अनुमति प्राप्त विभिन्न निजी अस्पतालमा गएर गर्न सकिने कतारमा रहेको नेपाली दूतावासले जनाएको छ ।
सरकारले पीसीआर रिपोर्ट नेगेटिभ लिएर आउनेहरुलाई काठमाण्डौमा होटल क्वरेण्टीनमा बस्न नपर्ने निर्णय गरेको छ । तर पीसीआर रिपोर्ट नलिइ आएमा काठमाण्डौमा आफ्नै खर्चमा होटल क्वरेण्टीनमा बस्नुपर्छ ।
त्यसैले तोकिएको स्थानमा कोरोनाको पीसीआर परीक्षण गराउन सकिने र नेपाल आइपुग्ने दिनले ७२ घण्टाभित्रको पीसीआर रिपोर्ट नेगेटिभ लिएर आएमा विमानस्थलबाट सिधै होम क्वरेण्टीनमा जान पाइनेछ । सरकारले भदौ १६ गतेदेखि पीसीआर परीक्षण सहज भएका देशहरुबाट नियमित उडान गर्दैछ भने पीसीआर सहज नभएका देशमा चार्टर्ड उडान भइ नै रहेको छ ।
हिमालय एअरलाइन्सले दोहा काठमाण्डौ आउँदो ३१ अगष्टमा पनि उडान भर्दैैछ । यसअघि टिकट लिएका र दूतावासको सूचीमा परेकाहरुले पुनः प्रमाणित गर्नका लागि सम्बन्धित एअरलाइन्स कम्पनीमा सम्पर्क गर्नुपर्छ । दोहाबाट काठमाण्डौका लागि १४ सय ३० कतारी रियाल भाडा तोकिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Suman bk
Aug. 27, 2020, 10:25 a.m.I want to go home because my id exper.