झापा गोल्डकप फुटबल आजदेखि शुरू हुँदै
मंसिर २९, २०८१ शनिबार
काठमाण्डाै – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पाेखरा एभेन्जर्सले काठमाण्डाै गुर्खाजलाई १ सय ३९ रनकाे लक्ष्य दिएकाे छ ।
कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे पाेखराले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३८ रन बनायाे । पाेखराका रेमाेन रेफेरले नटआउट ४१, दिनेश खरेलले ३८ रन बनाए । काठमाण्डाैका कप्तान करण केसी र रशिद खानले ३/३ विकेट लिए ।
याे खेलमा विजयी हुने टोली प्लेअफमा पुग्ने सम्भावना बलियो हुनेछ । पराजित हुने टोलीको पनि गणितीय सम्भावना कायमै रहनेछ । काठमाण्डौ ५ खेलमा ४ अङ्कसहित छैटाैं तथा समान अङ्कसहित पोखरा सातौं स्थानमा छ ।
एनपीएलमा आजकाे दाेस्राे खेलमा जनकपुर बाेल्ट्स र चितवन राइनाेज खेल्दैछन् । जनकपुर बोल्ट्स एक खेलअघि नै क्वालिफायरमा पुगिसकेको छ । चितवन पनि क्वालिफायर पुग्ने सम्भावना कायमै छ । चितवन ६ खेलमा ६ अङ्कसहित चौथो स्थानमा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।