दाङमा रात्रिकालीन निषेधाज्ञा, सवारी साधनमा जाेर–बिजाेर

 भदौ १०, २०७७ बुधबार ९:७:२१ | हेमराज शर्मा
unn.prixa.net

दाङ - कोरोना सङ्क्रमणको बढ्दो जोखिमलाई मध्यनजर गर्दै दाङमा रात्रिकालीन निषेधाज्ञा कायमै हुने भएको छ । जिल्ला प्रशासन कार्यालय दाङमा मंगलबार बसेको सङ्कट व्यवस्थापन केन्द्रको बैठकले साँझ ७ बजेदेखि बिहान ५ बजेसम्मका लागि निषेधाज्ञालाई कायमै राख्ने निर्णय गरेको हो ।

भदौ १ गतेदेखि ८ गतेसम्मको लागि रात्रीकालीन निषेधाज्ञा जारी गरेकोमा मंगलबारको बैठकले रातको समयमा बजार, यातायात, हिँडडुलमा समेत पूर्णरुपले बन्देज लगाउने, दिउँसो पूर्णरुपले सुरक्षा मापदण्ड अपनाएर बजार, यातायात, कार्यालयहरु सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको अध्यक्षतामा गाउँपालिका प्रमुखहरु, सुरक्षा निकायमा प्रमुखहरु, विषयगत कार्यालयहरु, उद्योग वाणिज्य संघ, च्याम्बर, नेपाल पत्रकार महासंघलगायतको उपस्थितिमा बसेको बैठकले भदौ ११ गते बिहिवारदेखि जिल्लाभर लागू हुने गरी निजी तथा सार्वजनिक सवारी साधनहरुमा जोड बिजोड प्रणाली लागू गर्ने, बजार लगायतका स्थानमा स्वास्थ्य मापदण्ड पुरा नगर्नेलाई नगद तथा अन्य कारबाही गर्ने निर्णय गरेको हो ।

बैठकले बजारलाई व्यवस्थित गर्नका लागि व्यवसायी तथा ग्राहक सबैले अनिवार्य स्वास्थ्य मापदण्ड प्रयोग गर्ने, छेकबार बनाउने, प्रचारप्रसारका लागि माइकिङ, सूचना सार्वजनिक गर्ने निर्णय गरेको छ । बैठकले सबै गाउँपालिकामा क्वरेण्टीन, आइसाेलेशनको व्यवस्था गर्ने, कन्ट्रयाक ट्रेसिङ, परीक्षण बढाउने निर्णय गरेको छ ।

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया