एक वर्षमा मानव अधिकार उल्लङ्घनसम्बन्धी एक सय २० वटा उजुरी दर्ता
मंसिर १९, २०८१ बुधबार
दाङ – गुडिरहेको एम्बुलेन्सबाट खस्दा दाङको लमही नगरपालिकामा एक महिलाकाे ज्यान गएको छ । एम्बुलेन्सबाट खसेर लमही नगरपालिका वडा नम्बर ७ बनघुस्री (स्थायी घर राजपुर गाउँपालिका ७ भैँसाहीनाका) की ३५ वर्षीया कमला विकको ज्यान गएको प्रहरीले जनाएको छ ।
एम्बुलेन्सबाट खसेर टाउकोमा गहिरो चोट लागेकी विकको बुधबार राति कोहलपुर मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा ज्यान गएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख प्रज्वल थपलियाले जानकारी दिनुभयो ।
नेपालगञ्जबाट उपचार गरेर घर फर्किँदै गर्दा भे १ च १६४५ नम्बरको एम्बुलेन्सबाट गाउँ पुग्ने क्रममै ती महिला एम्बुलेन्सबाट खसेकाे बताइएकाे छ । ढोका खुलेर नलागेको अवस्थामा त्यही ढोकामा कमला अडिएको हुन सक्ने प्रहरीको अनुमान छ ।
एम्बुलेन्स र चालक प्रहरीको नियन्त्रमा रहेको लमही प्रहरीले जानकारी दिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।