बीबीसी सय प्रभावशाली महिलाको सूचीमा परेकी पर्यावरण अभियन्ता ...
मंसिर २०, २०८१ बिहिबार
दाङ – दाङमा नेपाल – भारत सिमा क्षेत्रमा ५९ वटा सिमा स्तम्भ निर्माण गरिएको छ । तीन वर्षअघि नेपाल र भारत सरकारको संयुक्त टोलीले सीमा स्तम्भ मर्मतको काम सुरु गरेको थियो ।
इट्टा र सिमेन्टले बनाएको सीमा स्तम्भ भत्किन थालेपछि पुनः निर्माण कार्य सुरु गरिएको हो । दुई देशको सहमतिमा जीर्ण भएको ५९ वटा सीमा स्तम्भ पुनः निर्माण गरिएको दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले जानकारी दिनुभएको छ ।
अब, पाँच वटा स्तम्भ निर्माण हुन बाँकी छ । नेपाल र भारतको सहमतिमा नेपालतर्फ बिजोर र भारततर्फ जोर नम्बरका सीमा स्तम्भ निर्माण गरिएको छ । जसमा नेपालतर्फ १४ मुख्य र २१ सहायक सीमा स्तम्भ रहेको छ ।
अब, चार वटा मुख्यसहित पाँच सीमा स्तम्भ नेपालतर्फबाट निर्माण हुन बाँकी रहेको सीमा सुरक्षा बल अर्जुनखोलाका शसत्रप्रहरी उपरीक्षक तुलसीराम दाहालले जानकारी दिनुभयो । दाङ र भारतको सिमाना ८३ किमी लम्बाईमा ३७ मुख्यसहित ७७ वटा सीमा स्तम्भ रहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।