एक वर्षमा मानव अधिकार उल्लङ्घनसम्बन्धी एक सय २० वटा उजुरी दर्ता
मंसिर १९, २०८१ बुधबार
दाङ – दाङका एक जना सङ्क्रमितको रिपोर्ट सार्वजनिक भएको झण्डै २० घण्टापछि पहिचान भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गलत ठेगाना र सूचना सार्वजनिक गरेपछि दाङमा कोरोना सङ्क्रमित एक जना बिरामी खोज्न सकस भएको छ ।
शुक्रबार बेलुका सार्वजनिक भएको सूचना अनुसार तुलसीपुर उपमहानगरपालिका ७ मा बिरामी नभेटिएपछि विभिन्न अड्कलबाजीसमेत गरिएको थियो । शनिबार दिउँसो दाङ तुलसीपुरका कोरोना सङ्क्रमितको वास्तविक पहिचान भएको हो ।
उनी तुलसीपुर उपमहानगरपालिका ४ रक्षा चौर मजुवाका रहेको पुष्टि भएको छ । ३४ वर्षीय उनी अर्को एक जना आफन्तको उपचारका लागि टिचिङ अस्पताल महाराजगञ्जमा पुगेका थिए । बिरामी कुरूवाको रूपमा रहेको उनलाई पीसीआर परीक्षण गरिएको थियो ।
परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो । उनको अहिले टिचिङ अस्पतालकाे आइसोलेशन वार्डमा उपचार भइरहेको कोरोना विशेष अस्पताल बेलझुण्डीका एचए दोर्ण वलीले जानकारी दिनुभयो ।
पोजेटिभ नतिजा सार्वजनिक भइसके पनि झण्डै २४ घण्टा दाङका तुलसीपुर क्षेत्र त्रसित बनेको थियो । दाङमा अहिलेसम्म तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएकाे छ । गढवा गाउँपालिकाका दुई जना र तुलसीपुरका एक जना सङ्क्रमित भएका हुन् । गढवाका दुई जनाको कोरोना विशेष अस्पतालमा उपचार भइरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।