एक वर्षमा मानव अधिकार उल्लङ्घनसम्बन्धी एक सय २० वटा उजुरी दर्ता
मंसिर १९, २०८१ बुधबार
दाङ - दाङमा पिकअप भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको ज्यान गएको छ भने मोटरसाइकलकाे पछाडि बसेका व्यक्ति गम्भीर घाइते भएका छन् ।
दाङको घोराही -तुलसीपुर सडकखण्डको नारायणपुर जलौरा चोकमा पर्सेनीबाट घोराहीतर्फ आउदै गरेको रा ५ प ३६८८ नम्बरको मोटरसाइललाई ना ३ च ५९४५ नम्बरको पि अप भ्यानले बिहीबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक तुलसीपुर ७ का ३१ वर्षका विशाल थापाको ज्यान गएको हो ।
मोटरसाइकलकाे पछाडि बसेका त्यसै ठाँउका १३ वर्षीय हक्की पुन गम्भीर घाइते हुनुभएको छ । घाइते पुनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ ।
ठक्कर दिने गाडी र चालक प्रहरी नियन्त्रणमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी निरिक्षक प्रेम रेग्मीले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।