घोराही कारागारमा क्वरेन्टीनको व्यवस्था

 वैशाख २२, २०७७ सोमबार १५:५०:४१ | हेमराज शर्मा
unn.prixa.net

दाङ - कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन दाङको घोराहीमा रहेको कारागारमा क्वरेन्टीनको निर्माण गरिएको छ ।

कोरोनाको जोखिम रहेका बेला कारागारमा थपिने कैदीबन्दीहरुलाई क्वरेन्टीनमा राखेर मात्रै कारागारभित्र लगिने भएको हो । घोराही कारागारमा ५ जना अट्ने क्षमता रहेको क्वरेन्टीन निर्माण गरिएको कारागारका जेलर विष्णु पाण्डेले जानकारी दिनु भएको  छ । 

‘कोरोनाको जोखिम रहेको समयमा कारागारमा थपिने कैदीबन्दीहरुलाई सुरुमा क्वरेन्टीनमा राख्ने गरेका छौँ । क्वरेन्टीनमा बस्दा कैदीबन्दीमा कुनै समस्या देखिएन भने अन्य कैदीबन्दीसँग राख्ने गरेका छौँ’, जेलर पाण्डेयले भन्नुभयो । 

पाण्डेका अनुसारका लकडाउन सुरु भएपछि घोराही कारागारमा तीन जना कैदीबन्दीहरु थपिएका छन । उनीहरुलाई कारागारकै क्वरेन्टीनमा १४ दिन राखी स्वास्थ्य परीक्षणपछि मात्र कारागार चलान गरिएको उहाँले बताउनु भयो । कोरोना भाइरसको जोखिमका कारण कारागारमा बस्दै आएका कैदीबन्दीसँग उनका आफन्तहरुलाई दिँइदै आएको भेटघाट समेत बन्द गरिएको छ ।

‘अहिलेको जोखिम अवस्थालाई मध्यनजर गर्दै कैदीबन्दीलाई आफन्तसँग भेटघाट गर्न समेत बन्द गरिएको छ’उहाँले भन्नुभयो, ‘जसले गर्दा चैत ११ पछि कुनै पनि कैदीबन्दीहरुले बाहिरका मानिसहरुसँग भेटघाट गर्न पाएका छैनन् ।’ 

कारागारले लकडाउन लागू भएदेखि नै कैदीबन्दीसँग बाह्य मान्छेहरुको भेटघाट बन्द गरेको कारागारका जेलर पाण्डेले जानकारी दिनुभयो । घोराही कारागारले लकडाउन लागू हनुभन्दा पहिले हप्ताको आइतबार, मंगलबार र बिहीबार बिहान ११ बजेदेखि ४ बजेसम्म कैदीबन्दीकालागि भेटघाट गर्ने समय दिँइदै आएको थियो।

अहिले घोराही कारागारमा रहेका दुई सय ८५ जना कैदीबन्दीहरुमध्ये पाँच जना कैदीबन्दीहरु विदेशी रहेका छन् ।

यस्तै जेलर युवराज परियारका अनुसार ४ सय ६५ जना कैदीबन्दी रहेको तुलसीपुर कारागारमा ३२ जना महिला, ११ जना विदेशी र ४ जना बालबालिकाहरु रहेका छन् ।

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया