एक वर्षमा मानव अधिकार उल्लङ्घनसम्बन्धी एक सय २० वटा उजुरी दर्ता
मंसिर १९, २०८१ बुधबार
दाङ - लकडाउनको समयमा वन पैदावार तथा वन्यजन्तु चोरी सिकारमा संलग्न भएको आशंकामा अनुसन्धानको क्रममा थुनामा रहेकालाई म्याद थपका लागि अदालतले कोरोना भाइरस परीक्षणको रिपोर्ट मागेको छ ।
पक्राउ परेकाहरुलाई थप अनुसन्धानका लागि पक्राउ गर्ने निकायले अदालतबाट म्याद थप गर्नुपर्ने हुन्छ । वन पैदावार चोरी तस्करीमा संलग्न रहेकाहरुलाई पटकपटक गरी २५ र वन्यजन्तु चोरी तस्करीमा संलग्न भएकाहरुलाई ४५ दिनसम्म म्याद थप गरी अनुसन्धान गर्न पाउने कानुनी व्यवस्था रहेको छ ।
अदालतले म्याद थपका लागि डिभिजन वन कार्यालय दाङले तोकेका अनुसन्धान अधिकृतहरुले पक्राउ गरी थुनामा रहेकाहरुको कोरोना भाइरस परीक्षणको लागि जनस्वास्थ्य कार्यालयसँग माग गरेको हो ।
तर जनस्वास्थ्य कार्यालय दाङले व्यक्तिगत सुरक्षा सामग्री लगायतका श्रोत साधनको व्यवस्थापन भइनसकेकाले तत्काल लाई कोरोना परीक्षण गर्न नसकिएको पत्र पठाएको छ ।
डिभिजन वन कार्यालय दाङले लकडाउनको अवधिमा भएका विभिन्न १३ वटा घटनामा १४ जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको जनाएको छ । यस अवधिमा ट्रयाक्टर, ४ वटा मोटरसाइकल, २ वटा बन्दुक, गोलीबारुद, गुलेली र मटेङग्रा बरामद गरेको डिभिजन वन कार्यालय दाङले जानकारी दिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।