बीबीसी सय प्रभावशाली महिलाको सूचीमा परेकी पर्यावरण अभियन्ता ...
मंसिर २०, २०८१ बिहिबार
दाङ – घोराही बजारको व्यस्त सडक । सडकसँगै जोडिएको एक छाने पुरानो भवन । भवनको कोठामा पुस्तकले भरिएका दराज सजाइएको छ ।
दराज विभिन्न व्यक्तिले सौजन्य गरेको प्रष्टै चिनिन्छन् । घोराहीमा रहेको ६ दसक पुरानो सर्वोदय पुस्तकालय हो यो । जहाँ रहेका कतिपय पुस्तकले पाठक नदेखेको वर्षौ भैसक्यो । तर पनि यी कोठाहरु दैनिक रुपमा खोल्ने र बन्द गर्ने क्रम चलिरहेको छ ।
स्वर्गिय टेकनाथ गौतमले सौजन्य गरेको जमिनमा २०१० सालमा नागरिक स्तरबाट स्थापना भएको यो पुस्तकालयले पञ्चायतकालमा धेरै राजनीतिज्ञलाई बचाएको छ । तर केही वर्षदेखि यो पुस्तकालय आफै बेवास्ताको शिकार भएको छ ।
इतिहास बोकेको पुस्तकालयलाई फेरि सञ्चालनमा ल्याउन स्थानीयहरुले पहल थालेका छन् । पुस्तकालयसँगै दैनिक पत्रपत्रिका पढ्न मिल्ने बाचनालय र बालबालिकाका लागि अलग्गै बाल पुस्तकालय स्थापना गरेर पाठकलाई आकर्षित गर्न खोजिएको व्यवस्थापन समितिका सचिव सुदीप गौतम बताउनुहुन्छ ।
पाठक खोज्दै सर्वोदलयले भाषा सुधारको अभियान पनि थालेको छ । घोराही बजारका पसल तथा अन्य स्थानमा राखिएका साइनबोर्डमा लेखिएको भाषा अशुद्ध भेटिए शुद्ध लेख्न आग्रह गर्ने गरिएको गौतम बताउनुहुन्छ ।
आफ्नै टोलबाट सुरु गरिएको भाषा सुधारको अभियानलाई नगर भरि सञ्चालन गर्न पुस्तकालयले नेपाली विषयका प्राध्यापकको टोली नै गठन गरी परिचालन गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।