एनपीएल : यी हुन् राम्रो प्रदर्शन गर्ने नेपाली र विदेशी खेलाडी
मंसिर २७, २०८१ बिहिबार
काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले बहराइका प्रधानमन्त्रीसँग नेपाली श्रमिकको अवस्थाबारे बुझ्नुभएको छ । शनिबार बहराइनका प्रधानमन्त्रीसँग टेलिफोनमा कुरा गर्दै प्रधानमन्त्री ओलीले त्यहाँ रहेका नेपालीबारे चासो राख्नुभएको हो ।
प्रधानमन्त्री ओलीले ट्वीटर ह्याण्डल मार्फत कोभिड १९ का सन्दर्भमा नेपाली श्रमिकहरुको उल्लेख्य संख्या रहेको देशका सरकार प्रमुखसँग कुराकानी गर्ने क्रममा शनिबार बहराइनका प्रधानमन्त्रीसँग कुराकानी गरेको उल्लेख गर्नुभएको छ ।
यो अप्ठेरो समयमा नेपाली श्रमिकका लागि बहराइनबाट प्राप्त सहयोगका लागि उहाँले धन्यवाद ज्ञापन गर्नुभएको छ । बहराइनमा रहेको नेपाली दूतावासका अनुसार अहिलेसम्म त्यहाँ १२ जना नेपाली श्रमिकमा कोरोना सङ्क्रमण देखिएको छ ।
साथै, अन्य देशका राष्ट्र प्रमुखसँग पनि संवाद गर्ने प्रधानमन्त्री ओलीले जानकारी दिनुभएको छ ।
कोभिड-१९ का सन्दर्भमा नेपाली श्रमिकहरुको उल्लेख्य संख्या रहेको मुलुकका सरकार प्रमुखसँग कुराकानी गर्ने क्रममा आज बहाराइनका प्रधानमंत्रीसँग फोन संबाद गरें।त्यहाँ रहेका नेपालीहरुको सुरक्षाप्रति चासो राख्दै बहाराइनबाट प्राप्त सहयोगकालागि धन्यबाद ज्ञापन गरें।
— K P Sharma Oli (@kpsharmaoli) April 4, 2020
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।