एनपीएल : यी हुन् राम्रो प्रदर्शन गर्ने नेपाली र विदेशी खेलाडी
मंसिर २७, २०८१ बिहिबार
वैदेशिक रोजगारीको लागि कोरियामा रहेका नेपालीहरुले नेपालमा कोरोनाको संभावित संक्रमण रोक्ने काममा सहयोग गर्न एक करोड ५० लाख रुपैँया संकलन गरेका छन् ।
अहिले कोरियामा प्रयोग भैरहेको तीन घण्टामै कोरोना परीक्षणको नतिजा दिने किट्स, पीपीइ लगायत स्वास्थ्यसम्बन्धी सामग्री किनेर पठाउन रकम संकलन गरिएको गैह्रआवासीय नेपाली संघ कोरियाका सचिव मनोज गौतमले जानकारी दिनुभयो । संघले हिजोसम्म रकम संकलन गरेको थियो ।
गैह्रआवासीय नेपाली संघको तर्फबाट तीन हजार र कोरियामा रहेका नेपालीहरुको तर्फबाट दुई हजार किट्स खरिद गरी नेपाल पठाउने तयारी भए पनि उडान समस्याका कारण ढिला भएको र आउँदो शुक्रबारसम्ममा सामग्री पठाइसकिने सचिव गौतमले जानकारी दिनुभयो ।
किट्स, पीपीईलगायत सामग्री खरिदका लागि कोरियन कम्पनी क्इीन्भ्ल्त् सँग नयाँ सम्झौता गरिएको पनि सचिव गौतमले बताउनुभयो ।
‘नेपाल र कोरियाली सरकारसँगको समन्वयमा अप्रिल तीन तारिखमा चार्टर उडानको तयारी भैरहेको छ, त्यो सम्भव नभएमा सौल ग्वाङझाऊ हुदै अप्रिल तिन तारिखसम्म नेपाल पुराउने हाम्रो प्रयास हुनेछ’ गैह्र आवासीय नेपाली संघ कोरियाका महासचिव बिमल सुबेदीले भन्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।