एक वर्षमा मानव अधिकार उल्लङ्घनसम्बन्धी एक सय २० वटा उजुरी दर्ता
मंसिर १९, २०८१ बुधबार
दाङ– दाङको घोराही उपमहानगरपालिकाले कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन करिब एक सय जनालाई राख्न सक्ने क्वरेण्टीन बनाउन सुरु गरेको छ ।
उपमहानगरपालिकाले तत्कालको लागि तीन स्थानमा क्वरेण्टीन बनाउने निर्णय गरेको छ ।
वडा नम्बर ३ को कुइरेपानीमा रहेको प्रेरणाका लागि अभियान नेपालको भवन, वडा नम्बर १५ मा रहेको नेपाल परिवार नियोजन संघको भवन र वडा नम्बर १६, सर्रामा रहेको बाल अस्पतालको भवनलाई क्वारेण्टीन बनाउने निर्णय भएको नगर प्रमुख नरुलाल चौधरीले जानकारी दिनुभयो ।
नगर प्रमुख चौधरीसहित उपप्रमुख सीता सिग्देल न्यौपाने, नेकपाका केन्द्रिय सदस्य जीवन गौतम, प्रदेश सभा सदस्य इन्द्रजित थारु, घोराही उपमहानगरपालिकाका प्रेस संयोजक निमु संगम घर्ती, पत्रकारहरु नरेन्द्र केसी र भुपेन्द्र वलीसहितको टोलीले कुइरेपानीमा क्वरेण्टीन बनाउने भवनको निरीक्षण गर्नुभएको छ ।
सोही स्थानमा थप टेन्टहरु निर्माणको थालनी छिट्टै गरिने नगर प्रमुख चौधरीले बताउनुभयो । त्यहाँ डाक्टरसहितको १४ जना स्वास्थ्यकर्मी खटिने छन् ।
यस्तै परिवार नियोजन संघको क्वरेण्टीनमा पनि डाक्टरसहितको टिम हुनेछ भने बाल अस्पतालको भवनमा सञ्चालन गरिने क्वरेण्टीनमा पनि डाक्टरसहितको स्वास्थ्यकर्मीहरु रहने छन् ।
स्वास्थ्यकर्मीहरुलाई प्रदेश सरकारले दिने सेवा सुविधाबराबरकै सेवा सुविधा दिने र नगरका सफाइकर्मी एवं नगर प्रहरीलाई नगरको निर्णयअनुसार थप सुुविधा दिने निर्णय भएको नगरप्रमुखको भनाइ छ ।
ति क्वरेण्टीनमा उपचारपछि चिकित्सकले दिने सुझावअनुसार बिरामीलाई घरमै राख्ने या अन्य अस्पतालमा पठाउने वा क्वरेण्टीनमै राख्ने टुङ्गो लाग्ने छ ।
साथै स्थिति जटिल बन्दै गए नगरका ठूला विद्यालयहरुलाई क्वरेण्न्टीनको रुपमा व्यवस्थापन गरिने चौधरीले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।