एक वर्षमा मानव अधिकार उल्लङ्घनसम्बन्धी एक सय २० वटा उजुरी दर्ता
मंसिर १९, २०८१ बुधबार
दाङ - घोराही उपमहानगरपालिकाले घोराहीको इतिहास झल्काउन घोडाको प्रतिमा राखेको छ ।
उपमहानगरले वडा नम्बर १४ र १५ को सिमाना गुम्राह चोकमा दुईवटा घोडाको प्रतिमा राखेको हो । चालु आर्थिक वर्षको कार्यक्रम तथा बजेटलाई टेण्डरमार्फत २५ लाख रुपैयाँको लागतमा घोडाको प्रतिमा राखिएको उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले जानकारी दिनुभयो ।
नशला ह्याण्डिक्राप्ट काठमाण्डौले घोडाको प्रतिमासहितको संरचना निर्माण गरेको हो ।
शनिबार प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले घोडाको प्रतिमा अनावरण गर्नुभएको छ । अनावरण कार्यक्रममा संघीय सांसद सुजिता शाक्य, शान्ता चौधरी, प्रदेश लोकसेवा आयोगका अध्यक्ष प्राध्यापक डिलाराम भटराई, नगर प्रमुख नरुलाल चौधरी, उपप्रमुख सीता सिग्देल न्यौपाने, वडा अध्यक्षहरु, राजनितिक दलका प्रतिनिधि, पत्रकारसहित विभिन्न क्षेत्रका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
घोराहीको इतिहास घोडासँग जोडिएको र त्यसैको चिनारीका लागि बजारमै घोडाको प्रतिमा राखिएको नगर प्रमुख चौधरीले बताउनुभयो । घोडाहरु पालन गर्ने क्षेत्र बिस्तारै बस्ती विकाससँगै शहरीकरण हुँदै गर्दा घोराही नामाकरण भएको जानकारहरुको भनाइ छ ।
यसैविच तुलसीपुर चोक भनिदै आएको क्षेत्रमा पनि घोडाको प्रतिमा राखेर घोराही चोक नामाकरण गरिएको उपमहानगरले जनाएको छ ।।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।
Bom Bahadur DC
Feb. 22, 2020, 2:02 p.m.घाेराहिकाे नामांकित इतिहास संग जाेडेर घाेडाकाे प्रतिमा स्थापित गर्नु स्वाभाविक छ। कुनै समय दाङमा घाेडा ढुवानीकाे तथा यातायातकाे मुख्य साधन रहेकाे र घाेराहि घाेरा ( घाेडा ) वस्ने ठाँँउ रहेकाे एवं जुम्ला देखि नै दाङ घाेडाकाे मु्ख्य व्यापारिक स्थलाेकाे रुपमा रहेकाे इतिहास रहेकाेले पनि प्रतिमा राखिनु स्मरण याेग्य छ।