एक वर्षमा मानव अधिकार उल्लङ्घनसम्बन्धी एक सय २० वटा उजुरी दर्ता
मंसिर १९, २०८१ बुधबार
दाङ - प्रदेश नम्बर ५ मा राष्ट्रियसभा सदस्य पदका लागि भएको निर्वाचनमा ३०३ मत खसेको छ । ३०५ जम्मा मतदाता रहेकोमा दुई मतदाता सहभागी नभएकाले जम्मा ३०३ मत मात्र खसेकाे हाे ।
प्रदेशसभा सदस्य तर्फबाट एक जना र स्थानीय तहका तर्फबाट एक जना मतदाता सहभागी नभएका हुन् । विपक्षी दलका नेता प्रदेश सांसद बलदेब शर्मा पोखरेलको निधन भएका कारण मत परेन । बाँकेको नरैनापुर गाउँपालिकाका उपाध्यक्ष जयन्तीदेवी श्रीवास्तव बिरामी भएका कारण मतदान गर्न सहभागी हुन सक्नुभएन।
प्रदेशका ८६ जना प्रदेश सांसदले मतदान गरेका छन् भने स्थानीय तहका प्रमुख एवं उपप्रमुख दुई १७ जनाले मतदान गरेका हुन् ।
बिहान १० बजेदेखि सुरु भएको मतदान कार्य करिब पौने ३ बजे सकिएको थियो । जिल्ला समन्वय समितिमा मत गणना सुरु हुँदैछ । आजै परिणाम घोषाणाको तयारी छ ।
प्रदेशमा तीन पदका लागि महिलातर्फ दुई, अपांगता वा अल्पसंख्यकतर्फ तीन र अन्यमा चार गरी नौ जना उम्मेदवार रहेका छन् ।
महिलातर्फ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० बाट वाणगंगा नगरपालिका–८, ढोडेकोल कपिलवस्तुुकी विमला घिमिरे र नेपाली कांग्रेसका तर्फबाट लमही नगरपालिका–५ की गिरिजादेवी न्यौपाने, अल्पसंख्यकरअपांगतातर्फ नेकपाबाट तुलसीपुुर उपमहानगरपालिका– १२ का जगप्रसाद शर्मा, कांग्रेसबाट नेपालगञ्ज उपमहानगरपालिका–५ का मेराज अहमद हलवाई र समाजवादीका नेपालगञ्ज उपमहानगरपालिका– ७ का सुुनीलकुुमार सिंघल उम्मेदवार छन् ।
त्यस्तै अन्यमा नेकपाका रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ का गोपाल भट्टराई, कांग्रेसका छत्रदेव गाउँपालिका– ४ अर्घाखाँचीका बालकृष्ण पाण्डे, राष्ट्रिय जनमोर्चाका कपिलवस्तुु नगरपालिका–९ का शिवप्रसाद पौडेल र समाजवादी पार्टीका गुुलरिया नगरपालिका–१ बर्दियाका कृष्णप्रसाद अहिर उम्मेदवार छन् ।
कुल तीन सय पाँच मतदातामध्ये प्रदेशसभा सदस्य ८७ र एक सय नौ स्थानीय तहका प्रमुुख र उपप्रमुुख गरी दुुई सय १८ जना रहेका छन् । जसमा प्रदेशसभातर्फ प्रतिमतदाता ४८ मतभारका दरले ४१७६ तथा स्थानीय तहतर्फ प्रतिमतदाता १८ का हिसाबले ३९२४ मतभार गरी कुल ८१०० मतभार रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।