एक वर्षमा मानव अधिकार उल्लङ्घनसम्बन्धी एक सय २० वटा उजुरी दर्ता
मंसिर १९, २०८१ बुधबार
दाङ - दाङमा मंगलबार भएको बस दुर्घटनामा परि प्यूठानकी १६ वर्षीया नेहा वलीको ज्यान गएको छ । घोराहीबाट प्यूठानको ढिकाबाङ जाँदै गरेको ना ३ ख ६५४२ नम्बरको बस दुर्घटना हुँदा प्यूठान माण्डवी-२ की १६ वर्षीया नेहा वलीको ज्यान गएकाे हाे ।
बंगलाचुली गाउँपालिका-६ बचेनीमा भएको बस दुर्घटनामा परि वलीको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि चार जना गम्भीर घाइते भएका छन् भने १६ जना सामान्य रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परि बसका सहचालक बंगलाचुली-६ रुपिनडाँडा निवासी हिक्मत पुन, प्यूठान माण्डवी गाउँपालिका-१ का बस चालक लोकबहादुर बुढा, घोराही-१ का सन्तोष परियार र घोराही-१६ का विमला भट्टराई गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । उनीहरुलाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ ।
यस्तै बंगलाचुली-४ का गिरा केसी, माण्डवीका समीक्षा शर्मा, युवराज परियार, यज्ञ परियार, घोराही-३ का दिपा केसी, माण्डवीकी बिराश परियार, घोराही-१७ का बिरु घिमिरे, गायत्रा परियार, रक्षा परियार, घोराही-७ का बसन्त केसी, घोराही-१७ का रिखा परियार, रोशनी परियार, बंगलाचुली-६ की गिरा केसी, रोल्पा रुन्टीगडीकी उर्मिला परियार, घोराही-१ का केशव परियार, रोल्पा रुन्टीगडीकी भगवता परियार सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
उनीहरुको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।