एक वर्षमा मानव अधिकार उल्लङ्घनसम्बन्धी एक सय २० वटा उजुरी दर्ता
मंसिर १९, २०८१ बुधबार
दाङ - यो वर्ष गरिमा जातको धानमा बाला नलागेपछि दाङमा तीन सय बढी किसानहरु पीडित भएका छन् ।
दाङको देउखुरीका चार वटै पालिकाका विभिन्न स्थानमा लगाएएको गरिमा जातको धानमा बाला नलागेपछि ३ सय १९ जना किसानहरु पिडित बनेका हुन् । कृषि ज्ञान केन्द्र दाङले किसानहरुको नामावली सहित सबै बिबरणहरु संकलन गरेको छ ।
चार वटा पालिकामध्ये सबैभन्दा धेरै लमही नगरपालिकाका किसानहरु मर्कामा परेका छन् । लमही नगरपालिकाको वडा नम्बर २, ३, ४, ५, ६ र ९, राप्ती गाउँपालिकाको वडा नम्बर १, ६, ७ र ८, गढवा गाउँपालिकाको वडा नम्बर ४ र ५ तथा राजपुर गाउँपालिकाको वडा नम्बर-२, बेलामा लगाएको गरिमा जातकाे धानमा बाला नलागेको निवेदन आएको कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत बन्धुराम चौधरीले जानकारी दिनुभयो ।
त्यस क्षेत्रका तीन सय १९ जना किसानले १ हजार ५ सय ९७ किलो गरिमा धानको बीउ खरिद गरेका थिए । चार पालिकाका १३ वडाको ३ हजार १ सय ९४ कठ्ठामा त्याे धान लगाइएको थियो । गरिमा धानको एक किलो बीउले २ कठ्ठामा रोपाइँ हुने गरेको छ ।
दोधारमा किसान
देउखुरीका किसान छविलाल कोपिलाले १६ कठ्ठामा गरिमा जातको धान लगाउनुभएको छ । ११ कठ्ठाको धानमा अलिअलि बाला लागेको छ भने ५ कठ्ठामा बोट मात्रै छ । ‘सिँचाई हुने ठाउँमा २० प्रतिशत जति दाना आउँछ कि भन्ने छ, पानी नलाग्ने ठाउँमा त पराल मात्रै हुने देखियो’, उहाँले भन्नुभयो, ‘काटाैँ क्षतिपूर्ति पाइँदैन कि भन्ने छ, नकाटाैँ फल छैन, दोधारमा छौ, प्रमाणकै लागि भए पनि किसानहरुले नफलेको धान काट्ने आँट गरेका छैनन् ।’
अन्य जातको धान लगाएका किसानहरुले धमाधम धान काट्दै गर्दा गरिमा धान रोपेका किसानहरुले क्षतिपूर्तिको आशामा खाली बोट हेरेर बसेका स्थानीयकाे भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।