बीबीसी सय प्रभावशाली महिलाको सूचीमा परेकी पर्यावरण अभियन्ता ...
मंसिर २०, २०८१ बिहिबार
दाङ - जिल्ला उद्योग वाणिज्य संघ दाङले घोराही उपमहानगरपालिका-१४, निमाहल रोडमा रहेकाे सल्यानी फेन्सी स्टोर्सका सञ्चालक बसन्ती घर्तीलाई २५ हजार प्रदान गरेको छ ।
केही दिन अगाडि अकस्मात आगलागी भएर बसन्ती घर्तीकाे फेन्सी पसलमा क्षति पुगेको थियो । उहाँको व्यवसायमा थोरै भए पनि राहत होस् भन्ने उद्देश्यले संघले पसलका सञ्चालक घर्तीलाई २५ हजार रुपैयाँ सहयोग गरेको संघका अध्यक्ष नारायणप्रसाद भुसालले जानकारी दिनुभयो।
संघले यस अघि पनि विभिन्न व्यवसायीहरुलाइ सहयोग गदै आएको छ । संघले सञ्चालन गरेकाे व्यावसायिक राहत कोष मार्फत सहयोग रकम हस्तान्त्रण गरिएको संघले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।