बीबीसी सय प्रभावशाली महिलाको सूचीमा परेकी पर्यावरण अभियन्ता ...
मंसिर २०, २०८१ बिहिबार
दाङ - मध्यरातमा प्रहरीले विप्लव नेतृत्वको (नेकपा) राप्ती ब्यूरोको बैठकस्थलबाट पक्राउ गरेको २१ व्यक्तिहरुकाे नामावली सार्वजनिक भएको छ ।
दाङको राजपुर गाउँपालिका –४ को मुग्रेटाखोला नजिकै विप्लव समूहको बैठक भइरहेको सूचना पाएपछि प्रहरीले बैठकस्थल घेरा हालेर सहभागी नेतालाई पक्राउ गरेकाे हाे । बैठकस्थलमा घेरा हालेर प्रहरीले विप्लवका दाजुसहित २१ जना नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ ।
केन्द्रीय सदस्य तथा लुम्बिनी ब्यूरो इञ्चार्ज एवम् मध्य पश्चिम कमाण्ड इञ्चार्ज चन्द्रबहादुर चन्द विप्लवका दाजु हुन् ।
पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय दाङमा लगिएको छ । प्रहरीले औपचारिक रुपमा घटनाबारे जानकारी दिएकाे छैन ।
पक्राउ पर्नेको नाम
१) चन्द्रबहादुर चन्द (वीरजङ्ग) – केन्द्रीय सदस्य तथा लुम्बिनी ब्यूरो इञ्चार्ज एवम् मध्य पश्चिम कमाण्ड इञ्चार्ज
२) केशवबहादुर बाँठा मगर (सुवास) –राप्ती ब्यूरो इञ्चार्ज
३) रामबहादुर थापा (सुन्दर) – राप्ती ब्यूरो एवम् न्याय विभाग समिति जिल्ला संयोजक
४) सविन पोख्रेल – राप्ती ब्यूरो कार्यालय सचिव
५) यमलाल कटुवाल(विक्रम) जिल्ला इञ्चार्ज
६) प्रदीप वली – जिल्ला सेक्रेटरी
७) बविन केसी (पाटन, जंगली) – युव संगठन नेपाल केन्दीय अध्यक्ष
८) सुनिल पौडेल– बुद्धिजीवी
९) एकराज चौधरी – एरिया नम्बर ४ इञ्चार्ज एवम् जिल्ला जनपरिषद् सदस्य
१०) धनबहादुर बोहोरा (महान) – एरिया नम्बर १ इञ्चार्ज एवम् राजपुर गाउँपालिका सेक्रेटरी
११) तिलक पुन – पूर्व जनमुक्ति सेना
१२) सुरज विक – दलित राष्ट्रिय मुक्ति मोर्चा जिल्ला अध्यक्ष
१३) हितप्रसाद रोका – पार्टी सदस्य
१४) पोष्टमान घर्ती – रोल्पा जिल्ला सदस्य
१५) दलबहादुर खत्री
१६) अमित घर्ती मगर
१७) बालकृष्ण शर्मा
१८) जीत क्षेत्री
१९) रमेश आचार्य
२०) बिष्णु थापा
२१) कुलबहादुर ओली
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।