बीबीसी सय प्रभावशाली महिलाको सूचीमा परेकी पर्यावरण अभियन्ता ...
मंसिर २०, २०८१ बिहिबार
दाङ - देउखुरीमा बस र ट्रक एक आपसमा ठोक्किँदा घाइते भएका ट्रक चालकको उपचारका क्रममा ज्यान गएको छ ।
देउखुरीकाे राप्ती गाउँपालिका वराखुट्टीमा शुक्रबार भएको दुर्घटनामा परेर घाइते भएका ट्रक चालक कैलाली, घोडाघोडी नगरपालिका-१, का २२ वर्षीय अरूण चौधरीको भैरहवा मेडिकल कजेलमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ ।
शुक्रबार राति भालुवाङबाट लमहीतर्फ आउँदै गरेको ना १ ख ४७९३ को ट्रक र धनगढीबाट काठमाण्डौ जाँदै गरेको बा ५ ख ५२८३ नम्बरको बस बराखुट्टीमा एक आपसमा ठोक्किएका थिए । दुर्घटनामा परेर च्यापिएका ट्रक चालक चार घण्टासम्म उद्धार हुन सकेको थिएन ।
बस चालकलाई साढे चार घण्टापछि उद्धार गरेर भैरहवा मेडिकल कजेलमा पठाइएकाे र उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ । अन्य घाइतेहरुकाे अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।