बीबीसी सय प्रभावशाली महिलाको सूचीमा परेकी पर्यावरण अभियन्ता ...
मंसिर २०, २०८१ बिहिबार
दाङ - विमानस्थल बनेदेखl नै उडान अनियमित हुँदै आएको दाङको टरिगाउँ बिमानस्थलमा अब दैनिक दुईवटा जहाजले उडान गर्ने भएको छ । एयरलाइन्सका उपनिर्देशक पुष्पकुमार श्रेष्ठका अनुसार बुधबारदेखि टरिगाउँ विमानस्थलमा दाङ–काठमाण्डौका लागि नियमित दुई वटा विमानले उडान गर्नेछन् ।
यात्रुहरुको माग अत्यधिक भएकाले विमान अवतरण संख्या बढाउन लागिएको उहाँको भनाइ छ । यसअघि एउटा जहाजले मात्रै उडान गर्दैै आएको यस विमानस्थममा नेपाल एयरलाइन्सले अब दैनिक दुईवटा उडान गर्ने भएको हो ।
कुनै समय यात्रु नहुँदा विमान सञ्चालन हुन नसकेको यस विमानस्थला अहिले भने दैनिक दुईवटा उडान हुने भएका छन् । विमानस्थलमा अहिले टर्मिनल भवन निर्माणको काम पनि अन्तिम अवस्थामा पुगेको छ ।
६४ वर्षदेखि कहिले चल्ने र कहिले बन्द हुँदै गरेको टरीगाउँ विमानस्थल सञ्चालनका लागि लामो प्रयास भएको थियो । २०११ फागुन ११ मा परीक्षण उडान गरिएको विमानस्थल नियमित रूपमा चल्न नसक्दा यस क्षेत्रका बासिन्दालाई हवाई यात्रा गर्दा भैरहवा वा नेपालगन्ज जानुपर्ने बाध्यता थियो ।।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।