बीबीसी सय प्रभावशाली महिलाको सूचीमा परेकी पर्यावरण अभियन्ता ...
मंसिर २०, २०८१ बिहिबार
दाङ - घोराही उपमहानगरका तीन स्थानमा गरिएको रगत परीक्षणबाट ५३ जना थारु समुदायका व्यक्तिमा सिकलसेल एनिमियाको लक्षण देखिएको छ ।
यही असार १२, १५ र १६ गते वडा नम्बर २ को रामपुर, वडा नम्बर ७ को सौडियार र वडा नम्बर १० को नारायणपुरमा ३ सय ४३ जनामा गरिएको परीक्षणमा ५३ जनामा सिकलसेल एनिमियानको लक्षण देखिएको हो ।
रामपुर स्वास्थ्य प्रबर्द्धन केन्द्रमा ५५ जनाको रगत जाँच गर्दा ८ महिला र ४ पुरुष गरी १२ जनामा प्रारम्भिक लक्षण देखिएको स्वास्थ्य शाखा प्रमुख नारायण घर्तीले जानकारी दिनुभयो । त्यस्तै स्वास्थ्य चौकी सौडियारमा १ सय ३१ जनाको रगत परीक्षण गर्दा १४ महिला र एक जना पुरुषमा सिकलसेलको लक्षण देखिएको छ ।
वडा नम्बर १० को स्वास्थ्य चौकी नारायणपुरमा १ सय ५७ जनाको रगत जाँच गर्दा १९ जना महिला र ७ जना पुरुष गरी २६ जनामा सिकलसेलको लक्षण देखिएको संयोजक घर्तीको भनाइ छ ।
सिकलसेलको लक्षण पुरुषभन्दा धेरै महिलामा देखिएको छ । महिलाको संख्या ४१ र पुरुषको संख्या १२ रहेको छ । त्यसमा पनि २० वर्षदेखि ५९ बर्ष उमेर समूहका व्यक्तिमा सिकलसेलको लक्षण देखापरेको छ ।
घोराही उपमहानगर स्वास्थ्य शाखाले सिकलिङ अर्थात प्रारम्भिक जाँच गरिएको र अब तुलसीपुरको प्रादेशिक अस्पतालमा इलेक्ट्रो प्रोसिस जाँचका लागि रिफर गरिने संयोजक घर्तीले जानकारी दिनुभयो । बिरामीहरुको उपचार खर्च सबै उपमहानगरले ब्यहोर्ने भएको छ ।।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।