बीबीसी सय प्रभावशाली महिलाको सूचीमा परेकी पर्यावरण अभियन्ता ...
मंसिर २०, २०८१ बिहिबार
राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समितिबाट कुनै पनि रुटहरुमा यात्रा गर्दा लिएको टिकटले उपचारमा छुट पाइने व्यवस्था गरिएको छ ।
समितिको टिकट काटेर यात्रा गरेमा यात्रुहरुलाई काठमाण्डौमा रहेको मेट्रो हस्पिटलमा उपचार गराउँदा दश प्रतिशत छुट पाइने व्यवस्था गरिएको हो ।
समितिका अध्यक्ष सुरेश हमाल र मेट्रो हस्पिटलका सञ्चालक प्रकाश वलीबीच भएको सहमतिअनुसार ओटी, अप्रेसन, आईसियूलगायतका हस्पिटललले दिने सबै सेवाहरुमा बिरामीलाई एक पटकमा दश प्रतिशतसम्म छुट दिइने हस्पिटलका सञ्चालक वलीले जानकारी दिनुभयो ।
पहिलो चरणमा बिरामीहरुलाई केही राहत महसुस गराउन राप्ती समिति र हस्पिटलबीचमा एक वर्षका लागि सम्झौतामा पत्रमा हस्ताक्षर गरिएको समितिका प्रशासनिक सचिन नारायण न्यौपानेले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।