मलेसियाको कलिङ भिसा पाएका १९ जनालाई श्रम स्वीकृति

 चैत २६, २०७५ मंगलबार १७:५२:५० | उज्यालो सहकर्मी

काठमाण्डौ – मलेसियाबाट कलिङ भिसा पाएका १९ जनाले अन्तिम श्रम स्वीकृति पाएका छन् । 

कलिङ भिसा पाइसकेको र वैदेशिक रोजगार व्यवसायी संघको सिफारिस पत्रसहित आएका १९ जनालाई अन्तिम श्रम स्वीकृति दिइएको श्रम कार्यालय ताहाचलले जनाएको छ ।

कार्यालयका अनुसार हिजो सोमबार २ जना र आज मंगलबार १७ जनालाई श्रम स्वीकृति दिइएको हो । पहिलो चरणमा कलिङ भिसा पाएकाहरुलाई चैत १८ गतेदेखि अन्तिम श्रम स्वीकृति खुल्ला गरिएको थियो । 

तथ्याङ्कअनुसार सात हजार भन्दा धेरै कलिङ भिसा लिएर अन्तिम श्रम स्वीकृतिको पर्खाइमा छन् ।गएको जेठ २ गतेदेखि बन्द मलेसियाको रोजगारी कलिङ भिसा पाएकालाई श्रम स्वीकृति दिन थालेपछि आंशिक रुपमा खुलेको छ ।

तर नयाँ जान चाहनेलाई भने अझै समय लाग्ने वैदेशिक रोजगार विभागले जनाएको छ । कामदार पठाउने विषयमा नेपाल र मलेसियाबीच गएको कात्तिक १२ गते श्रम समझदारी पत्रमा हस्ताक्षर भइसकेको छ । 
 

अन्तिम अपडेट: पुस २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया