बीबीसी सय प्रभावशाली महिलाको सूचीमा परेकी पर्यावरण अभियन्ता ...
मंसिर २०, २०८१ बिहिबार
दाङ – सभामुख कृष्णबहादुर महराले देशको समृद्धिका लागि भाषिक, सांस्कृतिक एकता आवश्यक रहेको बताउनुभएकाे छ ।
मगर भाषा, साहित्य तथा सांस्कृतिक प्रतिष्ठान दाङले शनिबार घोराहीमा आयोजना गरेको मगरात सांस्कृतिक भेषभुषा प्रतियोगिताको उद्घाटन गर्दै उहाँले सबै भाषा, संस्कृतिको एकताबाट मात्रै देश समृद्ध बन्ने बताउनुभयो ।
नेपाल बहुजाति, बहुभाषिक, बहुसांस्कृतिक देश भएको बताउँदै सभामुख महराले सबै संस्कृतिले विकसित हुने मौका पाउनुपर्ने बताउनुभयो । देशको परिवर्तनका लागि यहाँका सम्पूर्ण जाति र समुदायको संघर्ष र बलिदानी रहेको उल्लेख गर्दै सभामुख महराले परिवर्तित सन्दर्भमा राज्यले सबै जाति, भाषा र संस्कृतिको संरक्षणका लागि नीति बनाउनुपर्ने बताउनुभयो ।
‘देशको परिवर्तनका लागि सबै जाति, भाषा र सांस्कृतिक समुदायले खेलेको भूमिकाको चर्चा जति गरे पनि कम नै हुन्छ । परिवर्तित अवस्थामा राज्यले सबै भाषा, धर्म, जाति र संस्कतिको संरक्षणका लागि विशेष योजना बनाउनुपर्दछ’, सभामुख महराले भन्नुभयो, ‘राज्यका तीनवटै सरकारले सांस्कृतिक एकता कायम गर्नतर्फ विशेष योजना बनाउनुपर्दछ ।’
प्रतिनिधि सभा कानुन निर्माणको चरण रहेको बताउँदै सभामुख महराले अबको केही समयमै सम्पूर्ण कानुनहरु बनाइसक्ने बताउनुभयो । विभिन्न विषयगत समितिहरु गृहकार्यमा जुटिरहेको बताउँदै सभामुख महराले कानुनको अभावमा सरकार सञ्चालन गर्न समस्या उत्पन्न भयो भन्ने गुनासो सुन्नु नपर्ने बताउनुभयो ।
‘प्रतिनिधि सभाले कानुन निर्माणको क्रमलाई तीब्र बनाउँदै लगेको छ । सरकार सञ्चालनका लागि कानुन भएन भन्ने गुनासा नआउने गरी हामी लागि परेका छौं’, सभामुख महराले भन्नुभयो, ‘तीन वटै सरकार सञ्चालनका लागि आवश्यक कानुन निर्माण भइरहेका छन् । अबको केही समयमै सम्पूर्ण कानुन निर्माण भइसक्छन् ।’
घोराही उपमहानगरपालिकाको सहयोगमा आयोजना भएको भेषभुषा प्रतियोगीताले सम्पूर्ण संस्कृतिलाई जोड्नेमा विश्वास लिएको बताउँदै सभामुख महराले प्रतियोगीताका लागि १ लाखको अक्षयकोषको घोषणा समेत गर्नुभएको थियो । प्रतियोगितामा साविक राप्ती अञ्चलका सम्पूर्ण जिल्लाका युवा-युवतीहरुको सहभागिता रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।