बीबीसी सय प्रभावशाली महिलाको सूचीमा परेकी पर्यावरण अभियन्ता ...
मंसिर २०, २०८१ बिहिबार
दाङ - दाङको देउखुरीमा मोटरसाइकल दुर्घटनामा परेर आइतबार एक जनाको ज्यान गएको छ ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लमही नगरपालिका-१, नर्तीमा रा ५ प १७९३ नम्बरको मोटरसाइकल हाते ट्याक्टरसँग ठोकिँदा मोटरसाइकल चालक लमही-२ का २० वर्षीय सुशील चौधरीको ज्यान गएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको लमही अस्पतालमा उपचारको क्रममा ज्यान गएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । दुर्घटनामा ट्याक्टर चालक बुद्धिराम चौधरी र मोटरसाइकलको पछाडि बसेका राप्ती गाउँपालिका-६ का अमिस चौधरी घाइते भएका छन् । दुवै घाइतेकाे अहिले बुटवलमा उपचार भैरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।