एक वर्षमा मानव अधिकार उल्लङ्घनसम्बन्धी एक सय २० वटा उजुरी दर्ता
मंसिर १९, २०८१ बुधबार
दाङ – तुलसीपुरमा शुक्रबार दिउँसो ३ बजेतिर एक युवामाथि अपरिचित समूहले तरबार प्रहार गरेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४, रक्षाचौर निवासी अन्दाजी २४ वर्षीय गणेश हमालमाथि तरबार प्रहार भएको हो ।
तरबार र खुकुरी प्रहारबाट हमालको टाउको, ढाड र खुट्टामा गहिरो घाउ लागेको छ । घाइते हमाललाई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारको लागि नेपालगञ्ज रेफर गरिएको छ ।
हमाल ट्याक्सी समितिका कर्मचारी पनि हुन् । तुलसीपुर-सल्यान रोडको नयाँ ट्याक्सी काउन्टरमा बसी रहेको समयमा चार/पाँच जनाको समूहमा आएका नचिनेका युवाहरुले उनीमाथि तरबार र खुकुरी प्रहार गरेका थिए ।
उनीहरु सबै मुखमा मास्क लगाएर आएको प्रत्यक्षदर्शीले बताएका छन् । हिँडेरै आएका उनीहरुले हमालमाथि आक्रमण गरेपछि भागेका थिए । खाजी गर्ने क्रममा फरार युवाहरुलाई प्रहरीले नियन्त्रणमा ल्याएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।