अपडेट : कृष्णसेन बहुप्राविधिक शिक्षालयको बस दुर्घटना, १६ जनाको मृत्यु, घाइतेको उद्धार हुँदै

 पुष ६, २०७५ शुक्रबार १९:२५:२८ | हेमराज शर्मा
unn.prixa.net

प्रतिकात्मक तस्बिर

दाङ – सल्यानको कपुरकोटमा रहेको वनस्पति उद्यनको अवलोकन गरेर फर्कने क्रममा तुलसीपुर उपमहानगपालिका ३ राम्रीमा भएको सडक दुर्घटनामा १६ जनाको निधन भएको छ । 

बा ४ ख ९७६६ नम्बरको बस दुर्घटना हुँदा १६ जनाको निधन भएको छ भने १० जना घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घटनास्थलमै १६ जनाको निधन भएको तुलसीपुर उपमहानगरपालिका ३ का वडाध्यक्ष विजय बिकले जानकारी दिनुभयो ।

यही वर्षदेखि सञ्चालनमा आएको शहीद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालय घोराहीको गाडी दुर्घटनामा परेको शिक्षालयका प्रध्यानाध्यापक यादव सुवेदीले जानकारी दिनुभयो । शिक्षालयले यही वर्ष सीटीईभीटीको आंगिक कलेजको रुपमा मान्यता पाएको थियो । शिक्षालय घोराही १७ गैरागाउँमा सञ्चालनमा रहेको छ । वन विज्ञानमा अध्ययनरत विद्यार्थीहरु जुलोजी र बोटानीका शिक्षकसहित फिल्ड भ्रमणका लागि शुक्रबार कपुरकोट गएको सुवेदीले जानकारी दिनुभयो ।

घटनास्थलमा प्रमुख जिल्ला अधिकारी गोबिन्दप्रसाद रिजाललगायत सुरक्षा प्रमुखको सहभागिता रहेको वडाध्यक्ष बिकले जानकारी दिनुभएको छ । घटनामा परि निधन भएकाहरुको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । घटनामा घाइते भएका सातजनाको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ भने तीनजनालाई नेपालगञ्ज रिफर गरिएकाे इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डीएसपी प्रेम शाहीले जानकारी दिनुभयो।

घोराहीमा भर्खरै स्थापना गरिएको कृष्णसेन बहुप्राविधिक शिक्षालयको बस रहेको जनाइएको छ । निधन हुनेहरु सबै त्यही शिक्षालयका विद्यार्थी रहेको जनाइएको छ । बाँकीको उद्धार भइरहेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया