युक्रेनको ऊर्जा ग्रिडमा रूसको व्यापक आक्रमण
मंसिर १४, २०८१ शुक्रबार
काठमाडौं – सरकारले मंसिर ११ गते घोषणा गरेको सामाजिक सुरक्षा योजना अन्तर्गत सामाजिक सुरक्षा कोषमा अहिलेसम्म १ सय ९४ रोजगारदाता दर्ता भएका छन् । काठमाडौं उपत्यका र काठमाडौं बाहिर प्रदेश नं. ३ का रोजगारदाता र आपूर्तिकर्ता कोषमा दर्ता भएका हुन् ।
सरकारले काठमाडौं उपत्यकामा मंसिर ६ गतेदेखि र उपत्यका बाहिर प्रदेश नम्बर ३ मा मंसिर १५ गतेदेखि लागू हुने गरी तीन महिनाभित्र निजी रोजगारदाता कम्पनीलाई कोषमा अनिवार्य सूचीकृत हुन समय दिएको छ । सूचिकरण हुने समय शुरु भएलगत्तै रोजगारदाताले अनलाइनमार्फत विवरण पठाएका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
मन्त्रालयमा शुक्रबार गरिएको पत्रकार सम्मेलनमा मन्त्रालय अन्तर्गतको सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक श्यामराज अधिकारीले रोजगारदाताले अनलाइन प्रणालीबाटै कोषमा दर्ता हुन पाउने व्यवस्था गरिएकाले सूचीकृत हुन सजिलो भएको बताउनुभयो ।
उहाँले रोजगारदाता कोषमा सूचीकृत हुनु सामाजिक सुरक्षा योजना कार्यान्वयनको सुरुवात भएको बताउनुभयो । प्रदेश नम्बर १ का रोजगारदाताको सूचिकरण पुस १ गतेदेखि, प्रदेश नम्बर २ का रोजगारदाताको सूचिकरण पुस १५ गतेदेखि, गण्डकी प्रदेश र प्रदेश नम्बर ५ का रोजगारदाताको सूचिकरण माघ १ गतेदेति, कर्णाली र सुदूरपश्चिम प्रदेशका रोजगारदाताको सूचिकरण माघ १५ गतेदेखि सुरु हुनेछ ।
रोजगारदाताले आफू सूचिकृत भएको तीन महिनाभित्रमा आफ्नो संस्थामा कार्यरत श्रमिकको सूचिकृत गर्नुपर्नेछ । पछि नियुक्त भएका श्रमिकको हकमा नियुक्त भएको तीन महिना भित्रमा सूचिकृत गर्नुपर्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।