अन्तर्राष्ट्रिय महिला फुटबल : म्यानमारले किर्गिस्तानलाई ५ गाेलले...
फागुन ८, २०८१ बिहिबार
काठमाण्डाै – माघ महिनामा गाडी दुर्घटनामा परेर एक सय ९९ जनाको ज्यान गएको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चार हजार ५ सय ३५ वटा गाडी दुर्घटना हुँदा एक सय ९९ जनाको ज्यान गएको हो ।
ज्यान गुमाउनेमा एक सय ४७ पुरुष, ३९ महिला, ११ बालक र २ बालिका छन् । माघमा गाडी दुर्घटनामा ५ सय ६० जना गम्भीर घाइते भएका छन् । यस्तै ३ हजार ३ सय ५१ जना सामान्य घाइते भएका प्रहरीको तथ्याङ्क छ ।
माघ महिनामा सबैभन्दा धेरै २ हजार ४ सय ७४ वटा मोटरसाइकल दुर्घटनामा परेका छन् । यस्तै जीप, कार र माइक्रोबस गरी ९ सय ६२, बस २ सय ५१, टेम्पो २ सय ३५ वटा दुर्घटनामा परेका छन् । २ सय ७३ वटा ट्रक, ट्याङ्कर, टिपर दुर्घटनामा परेको प्रहरीको तथ्याङ्क छ ।
सबैभन्दा धेरै गाडी दुर्घटना दिउँसो १२ बजेदेखि राति १२ बजेसम्म भएका छन् । यस्तै बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्म पनि धेरै दुर्घटना भएका छन् । राति १२ बजेदेखि बिहान ६ बजेसम्म काम दुर्घटना भएका प्रहरीको तथ्याङ्क छ ।
गाडी दुर्घटनाका मुख्य कारणमा तीव्र गति, चालकले ध्यान नदिनु, जाँड–रक्सी खाएर चलाउनु, चालक अनुमतिपत्र नभएकाले चलाउनु, यात्रुले बाटो पार गर्दा लगायत ट्राफिक नियम उल्लङ्घन रहेका प्रहरीले जनाएको छ ।
ट्राफिक प्रहरीले माघ महिनामा १ लाख १८ हजार ९ सय ८१ जना चालकलाई कारबाही गरेर ९ करोड ५९ लाख रुपैयाँभन्दा धेरै राजस्व सङ्कलन गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।