भ्रष्टाचारीको संरक्षणमा सरकार नै लागेको छ : राजेन्द्र लिङदेन

 माघ १८, २०८१ शुक्रबार १६:५३:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डौ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले भ्रष्टाचार र भ्रष्टाचारीहरुको संरक्षणमा सरकार नै लागिरहेको आरोप लगाउनुभएको छ । आज प्रतिनिधि सभाकाे बैठकमा बोल्दै अध्यक्ष लिङदेनले अहिलेसम्मको स्थिति हेर्दा सरकारले भ्रष्टाचार र भ्रष्टाचारीहरुको संरक्षणमा नै लागिरहेको महशुस गरेको उल्लेख गर्नुभयो ।

अध्यक्ष लिङदेनले निरन्तर रूपमा हुने कामलाई देखाएर सरकारले छ महिनाको उपलब्धि सुनाएको बताउनुभयो । उहाँले सरकार नभएको भए सिद्धबाबाको सुरुङ मार्ग छिचोलिने र विद्युत् व्यापारको लागि बङ्गलादेशसँग सम्झौता हुने थिएन ? भन्दै प्रश्न गर्नुभयो ।

अध्यक्ष लिङदेनले कांग्रेस र एमाले मिलेर बनेको सरकारको उपलब्धी सुन्दा देशमा सरकार छैन भन्ने आभास भएको बताउनुभयो । उहाँले सरकारले सुशासनको क्षेत्रमा कुनै पनि काम गर्न नसकेको उल्लेख गर्नुभयो ।

अध्यक्ष लिङ्देनले निराश नागरिकलाई आशा जगाउन समेत सरकारले नसकेको बताउनुभयो । उहाँले सरकारले रेमिट्यान्समार्फत आएको पैसासमेत खर्च गर्न नसकेको उल्लेख गर्नुभयो । 

अन्तिम अपडेट: माघ १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया