प्रतिनिधिसभामा ६ वटा अध्यादेश पेश
माघ १८, २०८१ शुक्रबार
नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको नमुना सदरमुकाम निर्माण स्थलका रुख कटानको काम शुरु भएको छ ।
कावासोती नगरपालिका वडा नम्बर ३ को नमुना सदरमुकाम निर्माण स्थलमा पर्ने छ सय ४२ रुखमध्ये पहिलो चरणमा ४७ रुख काटिएको सघन सहरी विकास तथा भवन निर्माण आयोजना चितवनका सहायक इञ्जनियर कुन्दन तिवारीले जानकारी दिनुभयो ।
२०७६ सालको वैशाख ७ गते नै तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले नमुना सदरमुकामको शिलान्यास गर्नुभएको थियो । तर रुख हटाउने निर्णय नहुँदा काम अघि बढ्न सकेको थिएन । हालै मन्त्रिपरिषद्ले सदरमुकाम निर्माण स्थलका छ सय ४२ रुख कटानका लागि स्वीकृत प्रदान गरेको थियो ।
नवलपुरको नमुना सदरमुकाम निर्माण स्थलका लागि छुट्याइएको एक सय ८४ बिघा जग्गामा सङ्घ र प्रदेशका सबै कार्यालय निर्माणको योजना छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।